खबर पूर्वाञ्चल
२४ फाल्गुन २०७३, मंगलवार १९:३४
विराटनगर, २४ फागुन / विराट होटल व्याबसायी संघ विराटनगरको अध्यक्ष विजयराज प्रसाई चयन भएका छन् ।
विराटनगरमा मंगलबार भएको संघको प्रथम साधरण सभाले प्रसाईलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।
समितिको उपाध्यक्षमा पदम श्रेष्ठ, सचिबमा महेन्द्र ढुंगना, सह–सचिबमा खिलकुमार सुवेदी र कोषाध्यक्षमा उमेश तुलाधार रहेका छन् । समितिको अन्य सदस्यहरुमा डम्बर धिमाल, द्वारिका मानन्धर, वेदप्रकास दाहाल, खेती रमण दाहाल, नेत्र पाण्डे, खेमप्रसाद अधिकारी, इश्वरी निरौला र मिहितराज ताम्राकार रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?