राजविराज, २३ फागुन /शुक्रबारदेखि झापाको काकडभिट्टाबाट शुरु भएको नेकपा एमालेको मेची महाकाली अभियान अन्तरगत आज तेस्रो दिन सप्तरीको राजविराजमा प्रहरीकोे गोली लागेर तीन प्रदर्शनकारीको मृत्यु भएको छ ।
राजविराजको औद्योगिक क्षेत्रमा भएको सभा विथोल्ने खोज्नेलाई प्रहरी रोक्दा प्रहरी र सुरक्षाकर्मीबमे झडपमा सप्तरीमा तीन जनाको मृत्यु भएको हो ।
एमालेको सभा विथोल्ने खोज्नेलाई प्रहरी रोक्दा झडप भएको थियो । झडपका क्रममा मधेसी मोर्चाका कार्यकर्ताले गुलेलीका साथै पेट्रोल बम हानेपछि बाध्य भएर गोली चलाउनु परेको प्रहरीले बताएको छ ।
सुरक्षाकर्मीले चलाएको गोली लागेर मलेठ–४ का २० वर्षीय संजन मेहताको मृत्यु भएको छ । उनलाई एमालेको कार्यक्रम स्थलबाट करिव १ सय मिटर पर गोली लागेको थियो र उनको घटनास्थलमै मृत्यु भएको छ । ४५ वर्षीय दिगम्बर यादवको मृत्यु भएको सगरमाथा अञ्चलमा मृत्यू भएको छ ।
यस्तै ३५ वर्षका आनन्द साह र ५० वर्षका पिताम्बर मण्डलको पनि मृत्यु भएको छ । गोली लागेर गम्भीर घाइते भएका साहको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा बाटैमा मृत्यु भएको हो भने मण्डल धरान र्पुयाए लगतै निधन भएको छ । अस्पतालले दुबैको निधनको पुष्टि गरेका प्रहरीले जानकारी दिएको छ ।
सगरमाथा अञ्चल अस्पतालका अनुसार झडपमा दर्जनौं घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर छ। गम्भीर घाइते मध्ये केहीलाई उपचारका लागि विराटनगर र धरान पठाइएको छ।