उर्लाबारी, २३ फागुन/ प्याब्सन मोरङ क्षेत्र न. ८ को आयोजनामा उर्लाबारीमा जारी प्याब्सन मोरङ क्षेत्र न. ८ स्तरिय अन्तर स्कूल फुटबल प्रतियोगितामा रिलायन्स र सुनगाभा विजयी भई अन्तिम चारमा प्रवेश गरेका छन् ।
सोमबारको पहिलो खेलमा रिलायन्स इङ्गली बोर्डङ स्कुलले भानु मेमोरियल बोर्डिङ स्कूललाई ५–० को फाराकिलो गोल अन्तरले पराजित गरी सेमिफाइनको यात्रा तय गरेको हो । रिलायन्सका म्यान अफ द म्याच सगुन मगर, समिर मगर, विकेन घिमिरे, यूकेश राई र दिपचन्द्र मगरले १–१ गोल गरेका थिए ।
दोस्रो खेलमा सुनगाभा बोर्डिङ स्कूलले भृकुटी मोडेल बोर्डिङ स्कूललाई २–० को गोल अन्तरले पराजित गरी सेमिफाईनलको यात्रा तय गरेको छ । भृकुटीका म्यान अफ द म्याच देवेन्द्र कडेल र सन्देश राईले १–१ गोल गरेका थिए ।
मंगलबारको पहिलो सेमिफाइनल खेल रिलायन्स बोर्डिङ स्कूल र पशुपति आवशिय बोर्डिङ स्कूल तथा दोस्रो सेमिफाइनल खेल सुनगाभा सेकेन्डेरी स्कूल र सनसाइन बोर्डिङ स्कूल विच हुने छ ।