AArya
RUMPUM
animated ellipse animated ellipse

पत्रकारको उपचार गोल्डेनले निःशूल्क गर्ने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ फाल्गुन २०७३, सोमबार १८:३२
3
Shares
विराटनगर, २३ फागुन / विराटनगरको हस्पिटल चोमा रहेको गोल्डेन हस्पिटल प्रालिले मोरङमा कार्यरत पत्रकारहरुलाई निःशुल्क उपचार गरिदिने भएको छ ।
अस्पताल प्रशासन र नेपाल पत्रकार महासंघ मोरङ शाखावीच आज सोमबार निःशूल्क सेवा दिने विषयमा सम्झौता भएको हो ।
अस्पताल स्थापनाको छटौं बार्षिक उत्सवको अवसरमा अस्पतालले पत्रकारहरुलाई निःशूल्क उपचार सेवा प्रदान गर्ने घोषण गरेको थियो । गोल्डेन अस्पतालमा आज सोमबार एक कार्यक्रमकोे आयोजना गरी अस्पतालका तर्फवाट निर्देशक डा. श्याम रौनियार र पत्रकार महासंघ मोरङका शाखा अध्यक्ष वन्धु पोखरेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
शाखा अध्यक्ष पोखरेलका अनुसार पहिलो चरणमा ३ वर्षका लागि अस्पतालले मोरङ शाखामा आवद्ध सदस्यहरुलाई सो सेवा प्रदान गर्ने छ । मोरङ शाखामा १ सय ८३ जना पत्रकार आवद्ध रहेको महासंघले जनाएको छ । सम्झौता पत्र अनुसार अस्पतालले ओपीटी सेवा, निःशूल्क ल्याव सेवा वेड चार्ज र एक्स रे, अल्ट्रासाउण्ड, इन्डोसकपी सेवा निः शूल्क प्रदान गर्ने भएको छ ।
त्यसैगरी अस्पताले प्रदान गर्ने अन्य सेवाहरु सिटी स्क्यान, आइसियु, ल्यावको हार्मनल टेष्ट र जुनसुकै प्रकारको रोगको अप्रेशन, भेन्टिलेटरमा ५० प्रतिशत छुट दिने जनाएको छ ।
अस्पता प्रशासनले पत्रकारको परिवार भित्रका सदस्यहरुलाई पनि उपचारक सेवामा ३० प्रतिशत छुट दिनेसहमति भएको छ । पत्रकार महासंघले आफ्ना सदस्यलाई कार्डको ब्यवस्था गरे अनुसार अस्पतालले उपचारमा छुट प्रदान गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर