AArya
RUMPUM
animated ellipse animated ellipse

सप्तरीमा गोली चल्यो, एक प्रदर्शनकारीको मृत्यु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ फाल्गुन २०७३, सोमबार १८:१३
3
Shares
राजविराज, २३ फागुन /शुक्रबारबाट नेकपा एमालेले सुरू गरेको मेचि – महाकाली अभियानको तेश्रो दिन विहानैबाट तनावग्रस्त सप्तरीको राजविराजमा गोली चलेको छ । प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको छ ।
एमालेको कार्यक्रम सकिएलगतै प्रहरी र प्रदर्शनकारीबीच ठाउँ–ठाउँमा झडप भएको थियो । त्यही क्रममा एमालेको कार्यक्रम स्थल औद्योगिक क्षेत्रको करिव १०० मिटर पर प्रहरीको गोली लागी संजन मेहताको मृत्यु भएको छ ।
एमालेको कार्यक्रम सकिने बेलामा प्रदर्शनकारीले एमाले कार्यकर्ताको मोटरसाइकल जलाएका थिए भने एक दर्जन गाडीमा तोडफोडसमेत गरेका थिए ।
एमाले शीर्ष नेताहरुको टोली कञ्चनपुरतिर लाग्न खोज्दा प्रदर्शनकारीे मधेसी मोर्चाका कार्यकर्ताले ठाउँठाउँमा अवरोध गरेका थिए । उनीहरुलाई हटाउने क्रममा प्रहरी र प्रदर्शनकारी मोर्चाका कार्यकर्ताबीच एकअर्कालाई लखेटालखेट भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर