खबर पूर्वाञ्चल
२१ फाल्गुन २०७३, शनिबार १९:३६
उर्लाबारी, २१ फागुन/ प्याब्सन मोरङ क्षेत्र न. ८ को आयोजनामा उर्लाबारीमा जारी प्याब्सन मोरङ क्षेत्र न. ८ स्तरिय अन्तर स्कूल फुटबल प्रतियोगितामा भृकुटी, सनसाइन र भानु विजयी भएका छन् ।
आज शनिबार भएको पहिलो खेलमा भृकुटी मोडेल एकाडेमिले शिक्षा शिसु सदनलाई २–० को गोल अन्तरले पराजित गरि दोस्रो चरणमा प्रवेश गरेको छ । भृकुटीका म्यान अफ द म्याच योगेश यादव र साजन तामाङले १–१ गोल गरेका छन् ।
दोस्रो खेलमा सनसाइन ईङ्गलीस बोर्डिङ स्कूलले विद्या ज्याती बोर्डिङ स्कूललाई ३–० को फराकिलो गोल अन्तरले पराजित गरी दोस्रो चरणमा प्रवेश गरेको छ । सनसाइनका म्यान अफ द म्याच निश्चल पुरीले २ गोल र सुजन धिमालले १ गोल गरेका थिए ।
तेस्रो खेलमा भानु मेमोरियल बोर्डिङ स्कूलले क्लासिकल इङ्गली बोर्डिङ स्कूललाई सडन डेथमा ६–५ को गोल अन्तरले पराजित गरी दोस्रो चरणमा प्रवेश गरेको छ । निर्धारित समयमा दुवै टिमले गोल रहित बराबरीमा खेल सकिएपछि खेल पेनाल्टी सुट आउटमा धकेलिएको थियो । पेनाल्टी सुट आउटमा पनि खेल बराबरी भए पछि खेलको निर्णय सडन डेथबाट भएको थियो । खेलको म्यान अफ द म्याच भानुका हिमाल बोहरा घोषित भए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?