विराटनगर, २१ फागुन । विराटनगर– ७ मा रहेको क्रिड्स भिलेज मन्टेश्वरी स्कूलले तेस्रो बार्षिक उत्सव मनाएको छ ।
स्कूलले विराटनगरमा रहेको विरेन्द्र सभागृहमा आज शनिबार विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको हो ।
वर्षिक उत्सवमा विद्यार्थीहरुले गीत, नृत्यलगायतका विभिन्न प्रस्तुतीबाट अभिभावक, शिक्षक र अतिथिहरुलाई दिनभरी मनोरञ्जन दिएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि बालरोग विशेषज्ञ प्रा. डा. हेमसागर रिमाल, हिसान मोरङका अध्यक्ष बलराम पन्त र स्कूलका प्रिन्सिपल विजयकुमार दाहाललगायतले बोलेका थिए ।
स्कूलका व्यवस्थापन समितिका अध्यक्ष मदन खतिवडाकोे सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । स्कूलले प्ले ग्राउण्डदेखि कक्षा एकसम्म सञ्चालन गर्दै आएको छ ।