AArya
RUMPUM
animated ellipse animated ellipse

ज्ञालेक्सीमा स्पोर्टस् मिट सम्पन्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० फाल्गुन २०७३, शुक्रबार १६:२८
3
Shares
विराटनगर, २० फागुन /विराटनगर– ९ मा रहेको ज्ञालेक्सी पब्लिक हाई स्कूलमा जारी सप्ताहब्यापि स्पोर्टस् मिट २०७३ आज शुक्रबार सम्पन्न भएको छ ।
स्कूल परिसरमा आज एक कार्यक्रमको आयोजना गरि स्पोर्टस मिट सम्पन्न भएको हो ।
स्कूलले विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले प्रत्येक वर्ष स्पोर्टस मिट जस्ता प्रतियोगिता आयोजना गर्दै आएको स्कूलका प्रिन्सिपल अशोक लामाले जानकारी दिए ।
फागुन १३ गतेदेखि सञ्चालन भएको स्पोटर््स मिटमा १ सय मिटर दौड, २ सय मिटर दौड, ४ सय मिटर दौड, ८ सय मिटर दौड, रिले दौड, हाई जम्प, लङजम्प, सटपुट, ज्याभ्लिङ थ्रो, भलिबल, टेबलटेनिस, फुटसल, फुटबल, चेस, बास्केटबल, चकलेट दौड, बेलुन दौड र गणित दौडलगायतका खेलहरु समावेश गरिएको थियो ।
विजजी खेलाडिहरुलाई स्कूलबा प्रिन्सिपल अशोक लामा र सञ्चालक मोहन खनाललगायतले पुरस्कार बाडेका थिए ।
सोहि अवसरमा स्क्ुलको आन्तरिक परिक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई समेत पुरस्कृट गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर