खबर पूर्वाञ्चल
१९ फाल्गुन २०७३, बिहीबार १८:२४
तस्विरःसफारी चालकहरुलाई प्रशिक्षण दिदै उर्लाबारी ट्राफिक प्रहरी
गोविन्द पोखरेल
उर्लाबारी, १९ फागुन /अस्थायी ट्राफिक प्रहरी पोष्ट उर्लाबारीले पछिल्लो तीन महिनायता नगर क्षेत्रमा ठूला दुर्घटनाका घटनाहरुमा कमी आएको दावी गरेको छ ।
सप्ताहव्यापी ट्राफिक सचेतना तथा चालकहरुलाई विभिन्न जनचेतनामूलक कार्यक्रमहरुले दुर्घटनाका घटनाहरुमा कमी आएको अस्थायी ट्राफिक प्रहरी पोष्ट उर्लाबारीका प्रमुख प्रहरी सहायक निरीक्षक लक्ष्मी ओझाले बताए ।
चोकीको पछिल्लो त्रैमासिक प्रतिवेदनमा कात्र्तिकमा ७ वटा, मंसिरमा दुई,पुषमा ३ र माघमा एउटा मात्र गम्भीर किसिमका सवारी दुर्घटना भएको उल्लेख गरिएको छ ।
दुर्घटना न्यूनिकरण तथा सडक सुरक्षा सम्बन्धि अस्थायी ट्राफिक प्रहरी पोष्ट उर्लाबारीले सप्ताहव्यापी कार्यक्रम गरिरहेको जनाएको छ ।
जसमा,आइतबार ट्रायाक्टर तथा टिफर चालकहरुलाई प्रशिक्षण,सोमबार सार्वजनिक यातायातका चालकहरुलाई प्रशिक्षण,मंगलबार सिटि सफारी चालकहरुसँग अन्तरक्रिया तथा प्रशिक्षण रहेको छ । यस्तै,सवारी साधनको अवस्था,कागाजात चेक तथा बत्तीको चेकजाँच बुधबार,बिहिबार विद्यालय स्तरीय प्रशिक्षण,नो पार्क सम्बन्धि जानकारी रहेको छ ।
बस चालकहरुलाई पिक एण्ड ड्राइभ सम्बन्धिको प्रशिक्षण शुक्रबार र आचारण सम्बन्धिको प्रशिक्षण शनिबार रहेको ट्राफिक प्रहरी पोष्ट उर्लाबारीको कार्यक्रम तालिकमा उल्लेख छ ।
तीन जना मात्र जनशक्ति रहेको ट्राफिक प्रहरी पोष्ट उर्लाबारीले दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले ट्रायाक्टरहरुमा रिफ्लेक्टर जडान,सुरक्षित जेब्राक्रस,पैदानयात्रीहरुलाई प्रशिक्षण,विद्यालय तथा कलेजहरुमा ट्राफिक नियम सम्बन्धि प्रशिक्षण,विभिन्न तालिमहरुको आयोजना गरी स्वयमंसेवक उत्पादन र परिचालन गर्दे आएको छ ।
गम्भीर प्रकृतिका सवारी दुर्घटना आउनुमा ट्रफिक उलंघनका घटनाहरुमा गरिएको कारवाही समेत रहेको चौकीका प्रमुख ओझाको भनाइ छ । ट्राफिक नियम सम्बन्धिका प्रशिक्षण दिए पनि व्यवहारम कार्यान्वयन नगर्नेहरुलाई जरिवाना गर्नाले पनि दुर्घटनामा कमी आएको छ । ट्राफिक नियमका उलंघन गर्ने सवारी साधनहरुमा मोटरसाइकल पहिलो स्थानमा रहेको छ ।
मंसिरमा तीन सय ५,पुशमा चार सय ३० र माघमा पाँच सय ८० वटा मोटरसाइकललाई कारवाही गरिएको ओझाले जानकारी दिए । ट्राफिक प्रहरीले बाक्लो हुस्सुमा बत्ती नबाल्ने,तीव्र गतिमा कुदाउने,मापसे सेवन गरी सवारी कुदाउने,लाइसेन्स नलिई सवारी कुदाउने मोटरसाइकल चालकहरुलाई कारवाही गरिएको जनाएको छ ।
मंसिर पुश र माघमा दुई सय पाच वटा बस,एक सय ६७ वटा कार,दुई सय ७३ वटा ट्रायाक्टर र एक सय ५८ वटा टिफरहरुलाई कारवाहीमा परेको ओझाले जानकारी दिए । कारवाही गरिएका ती सवारीहरुबाट तीन महिनाबाट आठ लाख राजस्व संकलन भएको उनले बताए ।
एक प्रहरी सहयाक निरीक्षक,एक हवल्दर र एक जवान रहेको अस्थायी ट्राफिक प्रहरी पोष्ट उर्लाबारीले दैनिक तीन पटक चेकजाँच सहित विभिन्न सचेतनामूलक कार्यक्रमहरु गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?