खबर पूर्वाञ्चल
१९ फाल्गुन २०७३, बिहीबार १७:३१
रंगेली, १९ फागुन /मोरङको डाइनियास्थित झुबरीदेवि ताललाई पर्यटकिय स्थलको रुपमा बिकास गर्ने योजना स्वरुप अहिले पोखरी ब्यवस्थापनको काम भइरहेको छ ।
ऐलानी जग्गामा रहेको उक्त पोखरीलाई ब्यवस्थित गर्न डाइनिया गाविसको पहलमा स्थानिय राजनितिक दलका प्रतिनिधी सम्मिलित एक समिति गठन गरि पोखरी ब्यवस्थापन र पार्क निर्माणको प्रक्रिया अघि बढाइएको छ ।
डानइनियाको ८ नम्बर वडामा रहेको उक्त ताललाई ब्यवस्थित गरेर पर्यटकियस्थलको रुपमा विकास गर्न लागिएको हो । ५ विग्घा ३ कट्ठा क्षेत्रफलको पोखरीमा झुबरीदेविको मन्दिर निर्माण गर्नुका साथै ताललाई फराकिलो पारेर बोटिंग सञ्चालन गर्ने र छेउछाउमा चिल्ड्रेन पार्क निर्माण गरिने गाविस सचिव पदम विनोद घिमिरेले जानकारी दिए ।
हाल ५ लाखको लगानीमा पोखरीलाई फराकिलो पार्ने काम शुरु गरिएको र तालमा सञ्चालन गरिने ४ थता डुंगा समेत कोलकाताबाट झिकाई सकिएको उनले जानकारी दिऐ । आउँदो ४५ दिनभित्र सम्पुर्ण निर्माण कार्य पुरा हुने उनको भनाई छ ।
सो ठाँउलाई पर्यटकियस्थलको रुपमा विकास गरेपछि भारतीय सिमाक्षेत्रका पर्यटक सहित विराटनगर लगायत क्षेत्रका आन्तरीक पर्यटकलाई समेत आर्कषित गर्न सकिने विश्वास लिइएको छ । निर्माण सम्पन्न भएपछि उक्त क्षेत्रको आर्थिक गतिबिधि तीब्र हुने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?