विराटनगर, १८ फागुन / विराटनगर १४मा रहेको एम्स कलेजमा सप्ताह व्यापि सिपमुलक तालिम सम्पन्न भएकोछ ।
कलेजमा अध्ययनरत बि.एस. सि. सि. एस. आइ. टि. मा अध्ययनरत विद्यार्थीहरुलाई तालिम दिइएको क्याम्पस प्रमुख सिएम बस्नेतले बताए । तालिममा सहभागि ३७ विद्यार्थिहरुको सहभागि रहेको थियो । कलेजले आज एक कार्यक्रमको आयोजना गरि सहभागी विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गरेको थियो । तालिमको सहजिकरण गणेश राय गरेका थिए ।
त्यसैगरी , बि.बि.एस चौथो बर्षका विद्यार्थीहरुलाई यहि साता रिपोर्ट लेखन सम्बन्धि तालिम दिईएको हो । विराटनगर ईष्टर्नस्टार होटलमा भएको सो कार्यक्रममा डा. विजुकुमार थपलिया, डा. उत्तम रेग्मि, डा. रमेशबाबु काफ्ले, राम प्रसाद पोख्रेल, सिताराम चम्लागाई लगायतले तालिमको सहजिकरण गरेका थिए ।