विनु तिम्सिना
विराटनगर, १३ / फागुन उद्योग संगठनको आयोजनामा विराटनगरमा जारी कृषि तथा औद्योगिक प्रदर्शनि २०७३ मा राखिएको कृषि औजारप्रति कृषकहरुको आकर्षण बढेको छ ।
अन्य समयमा भन्दा पर्दशनिमा एउटै स्थानमा विभिन्न कृषि औजारहरु अन्य समयमा भन्दा सुपथ मुल्यमा पाइने भएपछि कृषकहरु आकर्शण बढेको हो । कृषि औद्योगिक प्रदर्शनी मेलामा राखिएको बिभिन्न ब्राण्डका कृषि औजार तथा उपकरणको बारेमा जानकारी लिनेको घुइचो लाग्ने गरेको हो ।
बजारमा बसेर गाउँमा खेती गर्ने आफुहरुलाइ मजदुर अभावमा कृषि औजारले निकै सहयोग पुग्ने कृषकहरुको भनाइ छ ।
एकै छानामुनि विभिन्न प्रविधिका औजारहरु पाउँदा कृषकहरु खुसी छन् । व्यवसायिक खेती गर्ने कृषकहरुले लागत मूल्य घटाउनसमेत कृषि औजार तथा उपकरणको प्रयोग शुरु भएकाले औजारहरुको बारेमा जानकारी लिनेको संख्यामा बृद्धि भएको हो ।
मेलामा कुबेर एण्ड सन्स इटहरीले मात्रै ५ वटा पावर ट्रेवल, १० वटा कम्बाइन्ड मिल, ५ वटा रोटाभेटर, धान काट्ने मेसिन २ वटा बिक्रि गरिसकेको सञ्चालक जेपी घिमिरेले बताए ।
स्टलहरुमा राखिएको धान काट्ने र रोप्ने, सोलार वाटर पम्प, धान कुट्ने र मकै, गहु पिंधने, कम्बाइण्ड मिल, गाइ दुहने मेशिन, रुख काट्नेलगायतको कृषि उपकरण तथा औजारको बारेमा धेरै कृषक तथा व्यवसायीहरुले जानकारी लिन आएको स्टल सञ्चालकहरुको भनाइ छ ।
मेलामा निर्मल ट्रेडिङ्ग कन्सर्न विराटनगर, एग्रिकल्चर वल्र्ड सिलीगुडी, कृषि संसार नेपाल बित्र्तामोड, कुबेर एण्ड सन्स इटहरी, एसके इन्टरप्राइजेज विराटनगर, र एभरेष्ट सर्जिकल पोखराले कृषि औजारको स्टल राखेका छन् ।