AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराट एक्स्पोमा माउन्टेन फ्लाइट

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ फाल्गुन २०७३, बिहीबार १८:५२
3
Shares
विराटनगर, १२ फागुन /विराटनगरमा जारी औद्योगिक तथा कृषि प्रदर्शनी, विराट एक्स्पोमा शनिवारदेखि माउन्टेन फ्लाइट सुरु हुने भएको छ । पूर्व क्षेत्रको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले एक्स्पोको अवसरमा विराटनगरबाट शनिवारदेखि पहिलोपटक माउन्टेन फ्लाइट सुरु गर्न लागिएको हो ।
लामो समयदेखि विराटनगरबाट माउन्टेन फ्लाइट गर्नुपर्ने माग गर्दै आएका व्यवसायीहरुले एक्स्पोको अवसरमा आफ्नै पहलमा उडान सुरु गर्न लागेका हुन् । ट्राभल एजेन्ट तथा माउन्टेन फ्लाइट संयोजक भविश श्रेष्ठले पूर्वको पर्यटन प्रवर्धनका लागि माउन्टेन फ्लाइट कोशेढुंगा सावित हुने दाबी गरे ।
फागुन–१४ गते शनिबार बिहान ९ बजे माउन्टेन फ्लाइट सुरु हुनेछ । माउन्टेन फ्लाइटबाट सगरमाथा, मकालु, कंचनजंघा, गौरिशंकर हिमालसहितको दृश्यावलोकन गर्न सकिने बताइएको छ । भारतीय पर्यटकलाई लोभ्याउन सकिने भएकाले एक्स्पोको अवसरमा सुरु गरिएको माउन्टेन फ्लाइटलाई आउँदा दिनमा पनि निरन्तरता दिनुपर्ने व्यवसायीहरुको माग छ ।
विराट एक्स्पोका संयोजक तथा उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले माउन्टेन फ्लाइटलाई नियमित गर्नसके विराटनगरका होटल व्यवसायका साथै पर्यटन प्रवर्धनमा पनि सहयोग पुग्ने बताए ।
काठमाडौंबाट माउन्टेन फ्लाइटका लागि १३ हजार ५ सय रुपैयाँ शुल्क लागे पनि विराटनगरबाट भने ९ हजार मात्रै लिइने श्रेष्ठले बताए । विराटनगरबाट उडान भर्दा काठमाण्डौको एयर ट्राफिक कम हुने र सुरक्षीत उडान भर्न सकिने व्यवसायिहरुले बताएका छन् । एक घण्टाको उडानका लागि ९ हजार रुपैंया भाडा निर्धारण गरिएको छ । प्रति उडान १९ जनाले यात्रा गर्न सक्ने बताइएको छ । यसबाट विराटगनर विमानस्थललाई क्षेत्रीय विमानस्थलको रुपमा स्तरोन्नती गर्न दवाव पनि सृजना हुने व्यवसायिहरुको अपेक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर