रबिन्द्र बराल
रंगेली ,फागुन ११ / मोरङको रंगेली नगरपालिका ८ स्थित आपगाछिमा भैसि पालन तालिम सम्पन्न भएको छ ।
जिल्ला पशुकार्यालयको सहयोग र कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा २ दिने भैसि पालन तालिम आज सम्पन्न भएको हो ।
तालिमले भैसि पालन गर्दे आएका ५० जाना कृषकहरु लाभान्वित भएका छन । यस सहकारीले ग्रामीण भेगमा कृषिबाट गुजारा चलाई रहेका कृषक हरुलाई बिभिन्न किसिमका ब्यवसाहिक तालिमहरु दिदै आएको संस्थाका कोषाध्यक्ष चन्दाप्रसाद मण्डलले जानकारी दिए ।
यस्ता किसिमका तालिमले ब्यवसायमा लाग्न थप उर्जा मिलेको तालिममा सहभागी सपना मण्डलले बताईन ।
पशु सेवा केन्द्र रंगेलीका पशु चिकित्सक रामनारायण साह र अनिल कुमारझाले तालिमको सहजीकरण गरेका थिए ।