AArya
RUMPUM
animated ellipse animated ellipse

निर्वाचित पत्रकार उर्लाबारीमा सम्मानित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० फाल्गुन २०७३, मंगलवार १९:५७
3
Shares
उर्लाबारी, फागुन १० / नेपाल पत्रकार महासंघ मोरङको १२ औं आधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई संचार क्लब नेपाल उर्लाबारीले आज एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ ।
उर्लाबारीमा कार्यक्रमको आयोजना गरि क्लबले नव निर्वाचित कार्यसमितिलगायत पार्षदलाई सम्मान गरेको हो ।
कार्यक्रममा क्लबका सस्थापक अध्यक्ष डि पि खतिवडा, पूर्व अध्यक्ष मदनबाबु प्रसाईं, जगन्नाथ भट्टराई , रुपेन्द्र शेर्मालगायतले नव निर्वाचित अध्यक्ष बन्धु पोखरेल, उपाध्यक्ष कुमोद अधिकारी, उपाध्यक्ष महिलाद्वय इन्दीरा भट्टराई, शुसिला पाठक, सविच अर्जुनकुमार आचार्य, सह–सचिव सत्यनारायण शर्मा,सन्तोस राई र कोषाध्यक्ष सन्तोष सिग्देल, सदस्य हरि अधिकारी, धु्रव भट्टराई, प्रेम देवान, ज्योती चौहान, कौशल निरौला, श्रीमन्त भट्टराई, सुमन घिमिरे, सरोज बस्नेत, किशोर विश्वकर्मालाई सम्मान गरेको हो ।
सोही कार्यक्रममा केन्द्रिय पार्सद कमल रिमाल र प्रदेश पार्षद केदार चौहान , बिजय धिमाल ,लोकबहादुर चौहान, मोहन भट्टराईलाई समेत सम्मान गरिएको थियो ।
क्लबका अध्यक्ष घनश्याम भण्डारीको अध्यक्षतामा भएको कार्यक्रम महासचिव नवराज भट्टराईले सञ्चालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर