AArya
RUMPUM
animated ellipse animated ellipse

सहरसालाई सफलता

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० फाल्गुन २०७३, मंगलवार १६:२३
3
Shares
पुष्पराज थपलिया
जोगबनी, फागुन १० / भारतको जोगबनीमा आयोजित इन्डो–नेपाल टि–२० क्रिकेट टुर्नामेन्टमा सहरसा विजय भएको छ ।
मंगलबार भएको खेलमा सहरसालेआयोजक जोगबलीलाई ७ विकेटले पराजित गरेको छ ।
टस जितेर ब्याटिङ गरेको जोगबनीले निर्धारीत २० ओभरको खेलमा १६ दशमलव ५ बलमा सवै विकेट गुमाई ६० रनको झीनो योगफल खडा थियो । जोगबनीका सुमित कुमारले १३ रन योगदान दिए । सहरसाका म्यान अफ द म्याच सौरभ सिंहले ४ विकेट लिए ।
जवाफमा ६१ रनको झिनो विजय लक्ष्य पछ्याएको सहरसाले ९ दशमलव १ बलमा ३ विकेट गुमाई सो विजय लक्ष्य पार गरेको थियो । सहरसाका मुरली कृष्णाले १५ रनको योगदान दिए । जोगबनीका कासीम अन्सारी, मुन्नु र मुन्ना मेन्डिजले १–१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर