खबर पूर्वाञ्चल
१० फाल्गुन २०७३, मंगलवार १५:४८
विराटनगर, फागुन १० / स्वास्थ्य ऐन कार्यान्वयनको माग गर्दै आन्दोलित भएका स्वास्थ्यकर्मीहरुको माग राज्यले सुनवाई नगरेको भन्दै थप कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
स्वास्थ्य क्षेत्रमा आवद्ध सात वटै ट्रेड युनियनले संयुक्त रुपमा विराटनगरमा आज मंगलबार पत्रकार सम्मेलन गरि यस्तो चेतावनी दिएका हुन ।
५० दिन यता देखि शान्तिपूर्ण रुपमा आन्दोलित गर्दा राज्यले स्वास्थ्यकर्मीहरुको माग सुनवाई नगरेको भन्दै बाध्य भएर कडा आन्दोलन गर्न लागेकोे नेपाल स्वास्थ्यकर्मी संघ मोरङका अध्यक्ष संजयकुमार काफ्लेले बताए ।
राज्यले स्वास्थ्य सेवा ऐनमा भएको तहगत पद व्यवस्थापनलाई कार्यान्वयन गनुपर्ने, स्वास्थ्यकर्मीहरुको स्वास्थ्य संस्थामा आत्म सम्मान सहित काम गर्ने वातावरण सृजना गर्नु पर्नेलगायतको विभिन्न माग गर्दै आन्दोलित भएका छन् ।
उनीहरुले जिल्ला अस्पताल, अञ्चल अस्पतालका ओपिडि सेवा बन्द गराउने, स्वास्थय सेवा विभाग र त्यस अन्र्गतका महाशाखाको कामकाज ठप्प गर्न सहयोग गर्नेलगायतको आन्दोलनका कार्यक्रम सार्वजानिक गरेका छन् ।
आन्दोलनमा नेपाल स्वास्थ्यकर्मी संघ, मधेशी स्वास्थयकर्मी फोरम नेपाल, राष्ट्रिय स्वास्थयकर्मी संघ नेपाल, नेपाल स्वास्थयकर्मी युनियन, अखिल नेपाल प्रगतिशिल स्वास्थयकर्मी संगठन, नेपाल स्वास्थय प्राविधिक संघमा आवद्ध स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् ।
उनीहरुको आन्दोलनका कारण मोरङ जिल्लामा रहेको ७ वटा प्राथामिक स्वास्थ्य चौकी, ५७ वटा स्वास्थय चौकी, उर्लाबारी ७ मा रहेको मंगलबारे अस्पताल र रंगेलीमा रहेको रंगेली अस्पताल तथा जिल्ला जनस्वास्थ्य कार्यालय मोरङबाट प्रदान हुने स्वास्थ्य सेवाको कामहरु ठम्प भएको छ ।
ग्रामिण भेगको स्वास्थ्य चौकीहरुबाट दैनिक रुपमा प्रदान गर्ने सेवाहरु बन्द गरि स्वास्थ्य कर्मीहरु आन्दोलित हुदा सर्वसाधरण भने सेवाबाट बञ्चित हुनुपरेको छ । यसरी स्वास्थ्यकर्मीहरु आन्दोलित हुँदा स्वास्थ्यचौकीबाट निः शूल्क रुपमा प्रदान गर्ने औषधिसमेत सर्वसाधरणले लिन नपाएको उनीहरुको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?