RUMPUM
animated ellipse animated ellipse

समलिंगीको विवाहलाई कानुनी मान्यता दिन माग

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० फाल्गुन २०७३, मंगलवार १५:४३
3
Shares
विराटनगर,फागुन १० / समलिंगी तथा तेस्रोलिंगीको विवाहलाई कानुनले मान्यता दिनेखालकोे ऐन ल्याउनु पर्ने उनीहरुले राज्यसँग माग गरेका छन् ।
नील हिरा समाज विराटनगरले आज मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरि समलिंगीको विवाहलाई कानुनी मान्यता नदिदा उनीहरु लुकेर बस्नुपर्ने बाध्यता रहेको जानकारी दिदै तत्काल मान्यता हुनेखालको एने ल्याउनुपर्ने माग गरेका हुन ।
नील हिरा समाजकी कार्यक्रम संयोजक मुस्कान श्रेष्ठले मोरङमा ११ हजारको संख्यमा रहेको समलिंगी तथा तेस्रोलिंगी रहेको जानकारी दिदै समलिंगीले पनि महिला पुरुषको सरहको विवाह जस्तै मान्यता दिनुपर्ने माग गरिन् ।
समलिंगीहरुको सन्तान नहुने भएको हुनाले धर्म सन्तान राख्न पाउने व्यवस्था ऐनमा उल्लेख गर्नुपर्ने उनको भनाई थियो ।
पत्रकार सम्मेलनमा बोल्दै निलहिरा समाजका सञ्चार अधिकृत माधब दुलालले कानुनले समलिंगीहरुको बिचको विवाहलाई कानुनी मान्यता नदिदा देशभरी एक सय बढी समलिंगी जोडीहरु लुकेर बस्नु परेको अवस्था रहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर