खबर पूर्वाञ्चल
८ फाल्गुन २०७३, आईतवार १८:४२
विराटनगर, फागुन ८ /विराटनगरको पोखरियामा पाथिभरा देवि माता शक्तिपीठले सामुदायिक भवन निर्माण गर्ने भएको छ ।
शान्तिचोक, कुशलटोलमा निर्माण गरिने सामुदायिक भवनकालागि आज सो ठांउमा भुमि पुजन र शिलान्यास गरिएको छ । जिवीत देविकोरुपमा पुजिएकी माता पाथिभराले भुमि पुजन गरे । ३ कट्ठा जग्गामा ७ करोडको लागतमा जेष्ठ नागरीक र अभिभावक विहीन बालबालिका आवास सहित सामुदायिक भवन निर्माण गर्न लागिएको निर्माण समितिका कोषाध्यक्ष अरबिन्द कर्णले जानकारी दिए ।
जिल्ला विकास समितिले उपलब्ध गराएको ३ लाख ८८ हजार रकमबाट हाल सो ठांउमा कम्पाउण्ड वाल निर्माणको काम शुरु गरिएको शक्तिपीठ समितिका उपाध्यक्ष बिदुर पोखरेलले बताए । सो अवसरमा बोल्दै समाजसेवी श्याम पौडेल, गोपाल कट्वाल र पण्डित कृष्णप्रसाद गुरागाईले शक्तिपीठले सामाजिक हितकालागि थालेको अभियानमा सबैले सहयोग गर्नुपर्ने विचार ब्यक्त गरे । शिलान्यास कार्यक्रमकैबीच स्थानिय मायादेवि चापागाई भवन निर्माणार्थ ५० हजार नगद सहयाग उपलब्ध गराउने घोषणा गरेकी थिइन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?