RUMPUM
animated ellipse animated ellipse

लोककल्याणकारी विज्ञापनमा जोड

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ फाल्गुन २०७३, शनिबार १२:२६
3
Shares
विराटनगर, फागुन ७ / नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष डाक्टर महेन्द्र विष्टले सरकारले लोककल्याणकारी विज्ञानपनलाई समानुपातिक रुपमा सवै सञ्चारमाध्यमलाई प्रदान गरेमा श्रमजिवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन हुने बताएका छन् ।
मोरङ शाखाको आज विराटनगरमा भएको १२ जिल्ला अधिवेशनको उद्घाटन् कार्यक्रममा बोल्दै प्रमुख अतिथि विष्टले सरकारलाई लोककल्याणकारी विज्ञापनका लागि अझ दवाव सिर्जना गर्न आवश्यक रहेको समेत बताएका हुन् ।
कार्यक्रमममा बोल्दै उनले सञ्चार संस्थाहरु समावेशी हुनुपर्ने समेत उल्लेख गरे ।
कार्यक्रममा, पत्रकारको न्यूनतम श्रमजिवी ऐन कार्यान्वयन समिति संयोजक पोषण केशी, नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल सहितले श्रमजिवी पत्रकारको हक हित स्थापित गराउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा नेकपा एमाले मोरङका अध्यक्ष विनोद ढकाल, नेकपा एमाओवादी केन्द्र मोरङका इन्चार्ज, नेपाली काँग्रेस मोरङका उप–सभापति शिवनारायण सिंह,मोरङका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइराला र संघिय समाजबादि नेपाल मोरङका अध्यक्ष राजकुमार यादब लगायतले शुभकामना दिएका थिए ।
IMG_3665सोही अवसरमा प्रतिभा पुरस्कार पत्रकार भक्तशेर लिम्बू र नगर विकाश पुरस्कार पत्रकार विनोद सुवेदीलाई पुरस्कत गरिएको छ । त्यस्तै नेपाल पत्रकार महासँघ मोरङका पूर्व अध्यक्ष विक्रम निरौलालाइ समेत सम्मा गरीएको छ ।
नयाँ कार्यसमिति चयनका लागि हुने निर्वाचनमा ५९ जनाकालागि दुई प्यानलबाट १ सय ५ जनाको उम्मेदवारी परेको छ ।
६ जना खुला सदस्यका लागि १२ जना सहितको १७ सदस्यीय कार्यसमितिका लागि ३५ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।
१४ जना खुला केन्द्रीय पार्षदका लागि २९ जना तथा ४ जना महिला पार्षदका लागि ६ जनाको उम्मेदवारी परेको छ ।
त्यस्तै, २४ जना प्रदेश पार्षदका लागि ३५ जनाले उम्मेदवारी दिएका छन् ।
१ सय ८३ सदस्य रहेको महासंघमा प्रेस चौतारी र प्रेस सेन्टरको प्यानलबाट बन्धु पोखरेल तथा प्रेस युनियनको गठबन्धनको प्यानलबाट अनन्तराज न्यौपानेलाई अध्यक्षको उम्मेदवार दर्ता गरेका छन् ।
चुनाव आज दिउँसो २ बजेदखि शूरु हुने निर्वाचन समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर