विराटनगर, माघ २९ / विराटनगर–१ का स्थानीयबासीले मदिरा नियन्त्रण अभियान चलाएका छन् ।
अब्यवस्थित मदिरा ब्यवसायका कारण समाजमा बिकृति बढेको भन्दै विराटनगर–१ स्थित नेतामार्ग टोल विकास संस्था र बिष्णुमाया पुस्तकालयको संयुक्त आयोजनामा अभियान चलाइएको हो ।
अभियान अन्तरगत आज सचेतना र छलफल कार्यक्रमसहित जनचेतनामुलक ¥याली निकालिएको छ । बिष्णुमाया पुस्तकालय परिसरमा भएको छलफल कार्यक्रममा बोल्ने वक्ताहरुले अब्यवस्थित मदिरा ब्यवसायका कारण बिकृति बढेकाले स्थानिय भट्टाचोकदेखि पानीटंकी चोकसम्म मदिरा निषेधित क्षेत्र घोषणा गर्नुपर्ने माग गरेका छन् ।
कार्यक्रममा बोल्दै लक्ष्मीनारायण मन्दिर पोखरीयाका अध्यक्ष खगेन्द्रप्रसाद पोखरेलले मदिरा ब्यवसायका कारण समाजमा महिला हिंसा बढ्नुका साथै विपन्न समुदाय झन् विपन्न हुंँदै गएको बताए ।
यस्तै संयुक्त टोल नगर समन्वय समितिका अध्यक्ष राजेशुकुमार मास्केले सरकारको राजस्व संकलन नितिका कारण जथाभावि मदिरा पसलको लाइसेन्स बाँडिएको आरोप लगाए । बिष्णुमाया पुस्तकालयका अध्यक्ष केशव गौतमले मदिरा संस्कृति फस्टाइरहेको समाजमा अन्य सुधारात्मक आर्थिक उन्नतिको संस्कृति फस्टाउन नसक्ने बताए ।
सो अवसरमा स्थानीयबासी तथा विद्यार्थीको सहभागितामा जनचेतनामुलक ¥याली निकालिएको थियो । ¥यालीका सहभागिले मदिरा ब्यवसायीलाई कोठा भाडामा नदिन घरधनिहरुसँग आग्रह गरेका छन् ।