खबर पूर्वाञ्चल
२९ माघ २०७३, शनिबार १७:२८
विराटनगर, माघ २९ / चेतना संरक्षण प्रतिष्ठान नेपालले सभ्य समाज निर्माणमा खटिएका विभिन्न क्षेत्रका व्यक्तीहरुलाई सम्मान गरेको छ ।
आज शनिवार विराटनगरमा आयोजित ११ औ बार्षिक उत्सव एवं श्रष्टा सम्मान कार्यक्रम २०७३को अवसरमा समृद्ध समाज निर्माणकालागि योगदान गरेका पाँच जनालाई जनही ५१ हजार नगद सहित सम्मान गरिएको हो ।
प्रतिष्ठानले प्राध्यापक डा. बासुदेव त्रिपाठी, समाजसेवी एवं माइती नेपालकी संस्थापक अनुराधा कोइराला, कलाकर्मी रमेश खनाल, सनातन मानवीय धर्म संस्कृति सेवक डा. गुरुप्रसाद सुवेदी र पत्रकार किशोरकुमार कार्कीलाई सम्मान गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?