विराटनगर, माघ २८ / चालु आयोजनाहरुको समिक्षा तथा वितीय अनुशासन सम्बन्धी तीन दिने क्षेत्रीय कार्यशाला शुक्रबारदेखि विराटनगरमा सुरु भएको छ ।
खानेपानी तथा ढल विकास विभाग क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालय धनकुटाको आयोजनामा कार्यशाला सुरु भएको हो ।
कार्यशालाको उद्घाटन खानेपानी तथा सरसफाइ मन्त्रालयका राज्य मन्त्री दिपक खड्काले गरे ।
कार्यक्रमको उद्घाटन गर्दै खड्काले चालु आयोजना काम समयमै पुरा गर्न कर्मचारीहरुलाई निर्देशन दिए । कर्मचारी दतचित्त भएर लागेमात्र चालु आयोजनाको बेरुजु कम गर्न सकिने उनको भनाई थियो ।
कार्यक्रममा बोल्दै खानेपानी तथा सरसफाइ मन्त्रालयको सचिब भिम प्रसाद उपाध्ययायले चालु आयोजनाहरुको वेरुजु घटाउ सबै कर्मचारीहरु लागी पर्न जोड दिए ।