खबर पूर्वाञ्चल
२७ माघ २०७३, बिहीबार १९:२७
विराटनगर,माघ २७ / सुचनाको हकको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनेलाई प्रोत्साह गर्ने उदेश्य सहित नया पुरस्कार स्थापना गरिएको छ ।
सुचनाको हकको क्षेत्रमा काम गर्नेलाई ५० हजार रासीको नया कोष स्थापना भएको हो । पुरस्कार प्रदान गर्ने दाता र पत्रकार महासंघ मोरङ र दाता बिच सम्झौता भएको छ । नेपाल पत्रकार महासंघ मोरङ शाखा र सष्टिका बस्नेत सुचनाको अधिकार पुरस्कारका दाता केदार बस्नेत बिच सम्झौता भएको हो ।
केदारबहादुर बस्नेतले धर्मपत्नी स्वर्गीय सष्टिका बस्नेतको स्मृतिमा ७ लाख रुपैयाको अक्षय कोष खडा गर्ने गरी सम्झौता भएको हो । अक्षयकोषको रकम सिर्जना फाइनान्स विराटनगरमा खाता खोली जम्मा गरिने कार्यक्रममा जानकारी दिइएको थियो ।
अक्षयकोषको प्राप्त ब्याजबाट हरेक बर्ष उक्त मूल्य बराबरको नगद पुरुस्कार प्रदान गरिने षष्टिका बस्नेत सुचनाको अधिकार पुरुस्कारका दाता केदारबहादुर बस्नेतले जानकारी दिए । पुरुस्कारको कार्यक्षेत्र नेपालभरि हुने कार्यक्रममा जानकारी दिइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?