RUMPUM
animated ellipse animated ellipse

सर्तकता केन्द्रको टोली जनस्वास्थ्यमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ माघ २०७३, बुधबार २०:४७
3
Shares
विराटनगर÷ राष्ट्रिय सर्तकता केन्द्रको टोलीले जिल्ला जनस्वास्थ्य कार्यालय मोरङको अनुगमन गरेको छ । सरुवा भएका कर्मचारीले कार्यालयको कागजात थुनेर सम्पर्कमा नआएको समाचार प्रकाशित भएपछि सर्तकता केन्द्रको टोलीले जनस्वास्थ्यमा अनुगमन गरेको हो ।
मोरङबाट सुनसरी सरुवा भएका जनस्वास्थ्य अधिकृत शिवनारायण यादव कार्यालयमा ताला लगाएर माघ पहिलो साता देखि बेपत्ता छन् । सरुवा मिलाउन भन्दै कार्यालयका महत्वपूर्ण कागजात थुनेर यादव हिडेको समाचार प्रकाशित भएको थियो ।
समाचार प्रकाशित भएपछि सर्तकता केन्देको टोलीले तत्काल ताला फुटाउन निर्देशन दिएको थियो । स्रोतका अनुसार सर्तकता केन्द्रको टोलीस“ग टेलिफोन सम्पर्कमा यादवले आफु सुनसरी जने बताएका थिए ।
सोमवार कार्यालय पुगेको सर्तकता केन्द्रको टोलीले नेम प्लेट हटाएर ताला फोडन भनेको थियो । तर ताला मंगलवार साझ सम्म खुलेको थिएन । सर्तकता केन्द्रको निर्देशन पश्चात तत्काल नेम प्लेट हटाइएको जनस्वास्थ्यका सुचना अधिकारी खेमप्रसाद शिवाकोटीले जानकारी दिए । सोमवार नै ताला फोडन भनेपनि जिल्ला प्रशासन कार्यालयका प्रतिनिधीले समय दिन नभ्याएका कारण नखोलिएको उनको भनाई छ ।
गत मंसिर पहिलो साता गरिएको निजी अस्पतालहरुको अनुगमनको फाइल आप्mनो कार्यकक्षमा थुनेर सरुवा रोक्न भन्दै यादव काठमाण्डौ हिडेको स्रोतको भनाई छ । अनुगमनको फाइल यादवले थुनेर हिडेपछि नया फाइल बनाएर कारवाही प्रकृया अघि बढाइएको थियो ।
चारबर्ष यता मोरङ सरुवा भएर आएका यादव आफु अनुकुल नभएको भन्दै सुनसरी जान नमानेको बताइएको छ । सरुवा भएका कर्मचारी यादवले सरुवाको रमाना पत्र बुझन नमानेपछि हुलाक ठेगानामा पठाइएको थियो । रमाना पत्र पठाएपनि कार्यालय प्रमुख चन्द्रदेव महताले ताला फोडने आट गरेका थिएनन । सवै अनुगमनको फाइल यादवले थनुको बताउदै उनले बाहिर रहेका फाइलहरुबाट कारवाही गरिदै आएको बताएका थिए ।
‘ ६० दिन सम्म कर्मचारी सम्पर्कमा आएका मन्त्रायले जागिरबाट हटाउन मिल्ने प्रावधान छ । माघ पहिलो साता कार्यालयबाट विदा लिएका यादवलाई मोरङले खोज्ने की सुनसरीले खोज्ने भन्ने अन्योल रहेको बताइएको छ । ‘ सरुवा हुदा यादवले यस्तै गर्दा रहेछन् । स्रोतले भन्यो ‘ धेरै घुक्र्याउने बानी रछ ।’
यादवलाई स्वास्थ्य मन्त्रालय अन्तरगतको स्वास्थ्य सेवा विभागले गत कात्तिक २९ गते सुनसरीमा सुरुवा गरेको थियो ।
यता मोरङका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइराला आदेश नमान्ने कर्मचारीलाई विभागिय कारवाही हुने बताउछन । ताला खोल्न नसक्नु कार्यालय प्रमुख चन्द्रदेव मेहताको कमजोरी भएको उनको भनाई छ । प्रशासन र अन्य सरकारी निकायका प्रतिनिधीको रोहवरमा कार्यालय प्रमुखले ताला खोल्नु पर्ने उनले बताए । udghoshdaily

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर