विराटनगर÷ विरटनगर –१४ मा रहेको भानु मेमोरिय बोडिङ स्कुलले खेलकुद प्रतियोगिता सुरु भएको छ । तीन दिन सम्म सञ्चालन सञ्चालन हुने खेलको बुधवारदेखि सुरु भएको हो । विद्यार्थीको खेलकुद प्रतिको रुचीलाई ध्यान दिदै स्पोर्ट मिट सुरु गरेको प्रिन्सीपल महेन्द्र सिटौलाले जानकारी दिए ।
बुधवार भएको प्रतियोगितामा नर्सरी देखि कक्षा ३ सम्मका विद्यार्थीहरु सहभागि थिए । विद्याार्थीहरु बेलुन ब्लासटीङ चकलेट रेस, हर्ट पोटेटो, बल रेस म्युजिकल व्रिक खेलमा सहभागि थिए । कक्ष ४ देखि ९ सम्मका विद्यार्थीकालागि दौड, हिसाव दौड, बास्केट बल, टेलव टेनिस, चेस, ब्याड विन्टन, स्लो साइकल रेस, कक फाइट प्रतियोगिता आयोजना गरिने विद्यालयका प्रिन्सीपल सिटौलाले जानकारी दिए ।