RUMPUM
animated ellipse animated ellipse

दिगो विकासका लागि भरपर्दो संरचना : मन्त्री पौडेल

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ माघ २०७३, मंगलवार २१:०९
3
Shares
सांसद अमनलाल मोदीलाई सम्मान गर्दै मन्त्री पौडेल ।

विराटनगर, २५ माघ÷ शिक्षामन्त्री धनीराम पौडेलले भौतिक संरचना निर्माण भइसक्दा नसक्दै भत्कीने अवस्थाका अन्त्य नगरेसम्म दिगो विकास नहुने बताएका छन ।

मोरङको डंग्राहामा रहेको श्रीनारायण माध्यामिक विद्यालयको ४ कोठे भवनको मंगलबार शिलन्यास गर्दै मन्त्री पौडेलले उद्घाटन गर्दै गर्दा भत्किने भवन, बनाएका पुल हावाले उडाउने अवस्था र पक्कि पुलका निर्माणाधीन खम्बा बाढीले बगाउने खालका संरचनाले विकासलाई गति नदिने बताए ।

गुणस्तरीय भवन र भौतिक संरचना निर्माणका लागि विद्यालयको जत्तिकै स्थानीय र विद्यार्थीको पनि भूमिका हुने बताउँदै यसखाले संरचना निर्माण गर्दा सबैले खबरदारी गर्नुपर्ने बताए  ।

उनले २०२८ सालको शिक्षा ऐन अनुसार अहिले अघि बढ्न नसक्ने भएकोले नयाँ संविधान अनुसार शिक्षा ऐनको आठौं शंशोधनका लागि सरकार लागिरहेको बताए । ‘२०२८ सालको शिक्षा ऐन पञ्चायती हो, यो ऐनले तत्कालिन राजाहरुको गुणगान गाउने खालको थियो,’ मन्त्री पौडेलले भने, ‘यो ऐनको संशोधन गरेर मात्रै अहिलेको संविधानले परिकल्पना गरेको मौलिक हक शिक्षाको अधिकार पुरा गर्न सक्छ ।’

हुने खाने र हुँदा खानेबीचको दोहोरो शिक्षा नीतिका कारण पनि अहिले विभेद रहेको बताए । ‘शिक्षालाई मौलिक अधिकार कायम गरेसँगै त्यसको आवश्यकतालाई सम्बोधन गर्ने गरी ऐन बन्नुपर्छ’ पौडेलले भने ।

 सांसद मोदीलाई सम्मान

कार्यक्रममा सोही क्षेत्रका सांसद अमनलाल मोदीलाई सम्मान गरिएको छ । सोही विद्यालयमा अध्ययन गरेर राज्यको ऐन कानून निर्माण गर्ने ठाउँमा पुगेको भन्दै विद्यालयले मोदीलाई सम्मान गरेको हो ।

मोदी माओवादी केन्द्रबाट समानुपातिक कोटाबाट संविधानसभामा गएका थिए । सम्मान पछि कार्यक्रममा बोल्दै मोदीले स्थानीय विकास र समृद्धिका लागि आफू सँधै जनताको साथमा रहने प्रतिबद्धता जनाए । उनले विद्यालयको सुधारका लागि आफू र आफ्नो पार्टीले जहिलेसुकै लागिरहने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर