खबर पूर्वाञ्चल
२५ माघ २०७३, मंगलवार १९:४५
विराटनगर, माघ २५ / आफ्नो हक अधिकार स्थापित गराउन आदीवासि जनजाति संठगित भएर लाग्नुपर्ने एक कार्यक्रममा सहभागीहरुले जोड दिएका छन् ।
मोरङ जिल्लामा ३ लाख ९६ हजार आदीवासि सामुदायका रहेको जिल्लामा आफ्नो अधिकार स्थापित गराउन नसकेको भन्दै एक जुट भएर लाग्नुपर्नेमा उनीहरुले जोड दिएका हुन ।
मोरङको बयरवन– ७ मा आयोजना गरिएको आईयलओ १६९ सम्बन्धी दुई दिने जनचेतना अभिवृद्धी तालिमकोे समापन कार्यक्रममा बोल्दै आदीवासि जनजाति महासंघ मोरङका अध्यक्ष मिलन कुमार राईले देशभरीको आदीवासीहरु संगठित हुन नसक्दा अधिकारी स्थापित गर्न नसकेको भन्दै संगठित हुन जरुरी रहेको बताए । उनले आदीवासी सामुदायका मानिसहरुको शैक्षिक स्थरलाई विकास गरि अगाडी बढाउनुपर्नेमा जोड दिए ।
शैक्षिक स्थर नहुँदा आदीवासि सामुदायका मानिस पछि परेको भन्दै आफनो शैक्षिक स्थरलाई अगाडी बढाएर उत्थान र विकासमा अगाडी बढनुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा किरात राई योयाख्खाको केन्द्रीय सदस्य नविन राई, संघिय लिम्बुवान पार्टीको केन्द्रीय सदस्य बिवेक लिम्बु, नेपाली काग्रेस बयरवनको गाउँ पार्टीका योगेन्द्र दाहाललगायले तालिममा सिकेको ज्ञानलाई आफ्नो सामुदायमा बुझाउन जरुरी रहेको बताएका छन् ।
दुई दिन सम्म सञ्चालन भएको तालिममा बयरवन गाविस भरीमा रहेको जातिय संस्थाका ८० बढी अगुवाहरुको सहभागिता रहेको संस्थाको अध्यक्ष नारायण राईले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?