खबर पूर्वाञ्चल
२४ माघ २०७३, सोमबार १४:४२
विराटनगर, माघ २४ / गायक सुमित खड्काले पाँचौं राष्ट्रिय गीतको एकल एल्वम् लिएर आएका छन् ।
गायक खड्काले आफ्नो एकल स्वर रहेको ‘आवहन’ एल्वम् लिएर आएका हुन ।
ध्रुवराज पौडेलको शब्द तथा शक्तिबल्लभको एकल संगीत रहेको एल्वम्मा सात वटै गीत राष्ट्रिय भावनले ओतप्रोतले भरिपूर्ण भएको गायक खड्काले जानकारी दिए ।
यस एल्वम्मा रहेको गीतहरुले विभिन्न म्यूजिक एवार्डमा नोमिनेसन र पुरस्कृत भएको छ । राष्ट्रिय गीत प्रति रुची राख्ने गायक खड्काले आउँदो बिहीबार विराटनगरमा कार्यक्रम आयोजना गरि सार्वजानिक गर्ने तयारी गर्दैछन् ।
गीतमा संगीत संयोजक मनोहर सुनाम तथा साउण्ड डिजाइन स्टूडियोमा काठमाण्डौमा रेकर्डिङ गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?