RUMPUM
animated ellipse animated ellipse

फिनको राष्ट्रिय भेला विराटनगर सुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ माघ २०७३, शनिबार २०:२८
3
Shares
विराटनगर, माघ २१ / नेपाल विद्युतिय व्यवसाही महासंघ (फिन)को राष्ट्रिय भेला शनिबारदेखी विराटनगरमा सुरु भएको छ ।
काठमाण्डौं बाहिर पहिलो पटक फिनकोे राष्ट्रिय भेला विराटनगरमा भएको हो । भेलाको उद्घाटन राष्ट्रिय अध्यक्ष तेजनाराण खरेलले गरेका थिए ।
भेलाको उद्घाटन गर्दै अध्यक्ष खरेलले विद्युतिय सामाग्रीको विक्री वितरण गर्दा गुणस्तरीय बस्तुको विक्री वितरण गर्न आग्रह गरे । उनले सरकार मुलुकलाई नै लोडसेटिङ न्यूनिकरण गर्ने अभियान लागि परिरहेको अवस्थामा हामीले पनि सरकारलाई सहयो गर्ने बस्तुको विक्री पर्नुपर्ने बताए । विद्युतिय सामाग्री विक्री गर्दा कम विद्युत खपत गर्ने सामाग्री वितरण गर्नुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यले निजी क्षेत्रमा ठूलो लगानि गरेर उद्योगहरु सञ्चालन गरेको हुनाले राज्यले उद्योगमैत्री निती निमार्ण गनुपर्नेमा जोड दिए ।
आइतबारसम्म सञ्चालन हुने फिनको राष्ट्रिय भेलामा देशभरबाटै ७० जना प्रतिनिधि तथा पर्यवेक्षहरुको सहभागिता रहेको मोरङ इलेक्ट्रिक संघको अध्यक्ष गोपाल अग्रवालले जानकारी दिए ।
भेलामा विद्युतिय व्यवसाहीहरुको समस्या तथा नयाँ ऐन बारे घनिबुद्ध रुपमा छलफल गर्ने अध्यक्ष अग्रवालले बताए । भेलाले अधिवेशका क्रममा निर्धारण गरेको कार्ययोजनालाई पनि उठाउने छ ।
त्यस्तै, महासंघ र जिल्ला संघको सामीप्यता बढाउन पनि भेला उपयोगी हुने बताइएको छ । त्यस्तै महासंघले जिल्ला संघबाट आएका सुझावलाई आत्मसाथ गर्दै व्यवसायीकोे आवश्यकतामा भेला केन्द्रित रहने बताएको छ ।
नयाँ नेतृत्व चयन पछि महासंघले सबै जिल्लाका व्यवसायी बिच भेटघाट गर्न पनि यो कार्यक्रम आयोजना गरेको अध्यक्ष अग्रवालले बताए ।
फिनका केन्द्रीय अध्यक्ष तेजनाराण खरेलले महासंघको आगामी कार्ययोजना समेत यही भेलाले निर्धारण गर्ने बताइएकोे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर