AArya
RUMPUM
animated ellipse animated ellipse

हिसान फुटबल फाइनलमा सिटी र कान्तिपुर

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ माघ २०७३, शुक्रबार १९:५०
3
Shares
विराटनगर, माघ २१ / आठौं हिसान स्पोर्टस् मिट अन्तरगत शुक्रबारको खेलमा फुटबलमा सिटी र कान्तिपुर विजयी भई फाइनलमा प्रवेश गरेका छन् ।
उच्च माध्यामिक विद्यालयहरूको संगठन हिसान मोरङको आयोजनामा दिल्ली पब्लिक स्कुलको खेल मैदानमा भएको फुटबलको पहिलो खेलमा सिटी कलेजले अर्किड कलेजलाई पेनाल्टी सुटआउटमा ३–१ को गोल अन्तरमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा दुवै टिमबाट गोल रहति बराबरीमा खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो । डाइस्टार म्यान अफ द म्याच सिटीका करण मण्डल घोषित भए ।
दोस्रो खेलमा कान्तिपुर कलेजले कोबासलाई ३–० को गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । कान्तिपुरका हेमकुमार राई, महमद रिजवान मियाँ र पुष्कल केसीले १–१ गोल गरेका थिए । डाइस्टार म्यान अफ द म्याच कान्तिपुरका युवन बानिया घोषित भए । फाइनल खेल शनिबार १ बजे हुने खेल संयोजक दिपेश बास्तोलाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर