AArya
RUMPUM
animated ellipse animated ellipse

दलितलाई २५ प्रतिशत छुट्को प्रक्रीया झन्झटिलो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० माघ २०७३, बिहीबार २२:२४
3
Shares
विराटनगर, माघ २० / दलितलाई रजिष्टेशन पासमा थैलिअंकार आधारमा दिईने २५ प्रतिशत छुट्को प्रक्रीया झन्झटिलो हुने गरेको छ ।
सरकारको झन्झटिलो प्रक्रीयाले सो सेवाबाट उनिहरु बञ्चित भएका हुन । तर सरकारले दलित समुदायका लागि घरजग्गा रजिष्ट्रेशनमा थैलिअंकका आधारमै २५ प्रतिशत छुट्को व्यवस्था गरेको छ । झन्झटिलो प्रक्रीया, दलित समुदायमा चेतनाको कमी, र सरकारी सेवा सुविद्याका विषयमा प्रचार प्रसार हुन नसकेका कारण सेवा लिन बाट सो समुदाय वञ्चीत हुने गरेको कार्यालयका मालपोत अधिकृत दाताराम घिमिरेले बताए ।
मालपोत कार्यालय विराटनगरका अनुसार आर्थिक बर्ष २०७१/७२ मा ३१ हजार १ सय ८० लिखत पास भएका छन । त्यस्तै आर्थिक वर्ष ०७२/०७३ मा २५ हजार ९ सय ९० लिखत पास भएको छ भने चालु आर्थिक वर्षको पुस मसान्त सम्ममा १३ हजार ६ सय ६२ लिखत पास भएका छन् ।
जसबाट आर्थिक वर्ष २०७१/७२ मा मात्र २८ करोड २८ लाख १९ हजार ४ सय रुपैया राजश्व संकलन भएको छ । त्यसै गरि आथिक वर्ष २०२१÷७३ मा ३३ करोड ४६ लाख ९६ हजार रुपैया राजश्व संकलन भएको छ भने चालु आर्थिक वर्षको पुस मसान्त सम्ममा २७ करोड ३२ लाख ३२ हजार रुपैया घर जग्गा रिजिस्ट्रेसन दस्तुर बाट राजश्व असुलि भएको छ । हजारौ लिखत पास भएपनी दलित समुदायका व्यक्तिहरुले रजिस्ट्रेशन दस्तुरमा छुट पाएको भने कार्यलयमा कुनै रेकर्ड भेटीदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर