पूर्वाञ्चल खबर
जवाफमा ६० रनको झिनो लक्ष्य पछ्याएको शिक्षादिपले ८ ओभरमा १ विकेट गुमाई लक्ष्य पार भेटायो । शिक्षदिपका एनकृष कार्कीले नटआउट २१ रनको योगदान दिए । भानुका विकाश हलुबाईले १ विकेट लिए ।
त्यस्तै दिल्ली पब्लिकको खेल मैदानमा भएको भलिबलको छात्रामा रेडस्टार कलेज पथरीले शिक्षादीप कलेजलाई २–० को सोझो सेटले पराजित गरी फाइनलमा प्रवेश गरेको छ । छात्र भलिबलको पहिलो खेलमा ग्रिनल्याण्ड कलेजले कोबास कलेजलाई २–० को सोझो सेटले पराजित गरी फाइनलमा प्रवेश गरेको छ ।
त्यस्तै कर्भडहलमा भएको टेबलटेनिसको टिम इभेन्टस छात्रतर्पm कान्तिपुर कलेजले दिल्ली पब्लिक कलेजलाई ३–० को सोझो सेटले पराजित गरी फाइनलमा प्रवेश गरेको छ । छात्रतर्पm अर्को खेलमा शिक्षादीप कलेजले अरनिको कलेजलाई ३–० को सोझो सेटले पराजित गरी फाइनलमा प्रवेश गरेको छ । टिम इभेन्टसको छात्रातर्पm एभरेष्ट कलेजले शिक्षादीप कलेजलाई ३–० को सोझो सेटले पराजित गरी फाइनलमा प्रवेश गरेको छ । छात्रातर्पmकै अर्को खेलमा मेरिल्याण्ड कलेजले अरनिको कलेजलाई ३–० को सोझो सेटले पराजित गरी फाइनलमा प्रवेश गरेको छ ।