विराटनगर, माघ १९ / देशलाई राजनीतिक निकास दिन तत्काल निर्वाचनमा जानुको विकल्प नरहेको नयाँ शक्ती नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराइर्ले बताएका छन् ।
बुधवार विराटनगरमा आयोजित कार्यत्रममा बोल्दै नेता भट्टराईले स्थानी तह र प्रदेश सभा सम्बन्धी देखिएका मदभेद समाधान गरी निर्वाचनमा जानुको विकल्प नभएको बताएका हुन् । समृद नेपाल निर्माणकालागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुने व्यावस्था लागु गर्नु पर्ने उनको भनाई छ ।
संसदिय व्यावस्थामा ९/९ महिनामा सरकार परिवर्तनकालागि खेल हुने बताउदै उनले समृद्ध नेपाल निर्माणकालागि प्रत्यक्ष निर्वाचित कार्यकारी हुने व्यावस्था लागु गर्नुको विकल्प नभएको बताए । नयाँ शक्ति नेपाल पार्टी प्रदे नं १ ले आयोजना गरेको ध्रुविकरण सभालाई सम्बोधन गर्दै नेता भट्टराईले उखान टुक्काको भरमा देश चल्न नसक्ने बतए ।