AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

फिनकोे राष्ट्रिय भेला शनिबारदेखि विराटनगरमा हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ माघ २०७३, बुधबार १८:११
3
Shares
विराटनगर, माघ १९ / नेपाल विद्युतिय व्यवसाही महासंघ (फिन)को राष्ट्रिय भेला तथा अन्र्तक्रिया कार्यक्रम आउँदो शनिबार विराटनगरमा हुने भएको छ ।
काठमाण्डौं बाहिर पहिलो पटक फिनकोे राष्ट्रिय भेला तथा अन्र्तक्रिया कार्यक्रम विराटनगरमा हुन लागेको हो ।
भेलाको अवसर पारेर मोरङ इलेक्ट्रिक संघले आउँदो शुक्रबार विराटनगरमा स्वागत कार्यक्रम राखेको संघको अध्यक्ष गोपाल अग्रवालले जानकारी दिए । देशभरीको प्रतिनिधहरु सहभागि हुने राष्ट्रिय भेलामा विद्युतिय व्यवसाहीहरुको समस्या तथा नयाँ ऐन बारे घनिबुद्ध रुपमा छलफल गर्ने अध्यक्ष अग्रवालले बताए ।
भेलाले अधिवेशका क्रममा निर्धारण गरेको कार्ययोजनालाई पनि उठाउने छ । त्यस्तै, महासंघ र जिल्ला संघको सामीप्यता बढाउन पनि भेला उपयोगी हुने बताइएको छ । त्यस्तै महासंघले जिल्ला संघबाट आएका सुझावलाई आत्मसाथ गर्दै व्यवसायीकोे आवश्यकतामा भेला केन्द्रित रहने बताएको छ ।
नयाँ नेतृत्व चयन पछि महासंघले सबै जिल्लाका व्यवसायी बिच भेटघाट गर्न पनि यो कार्यक्रम आयोजना गरेको अध्यक्ष अग्रवालले बताए ।
फिनका केन्द्रीय अध्यक्ष तेजनाराण खरेलले महासंघको आगामी कार्ययोजना समेत यही भेलाले निर्धारण गर्ने बताउनुभएको छ । भेलामा १९ जिल्ला संघका अध्यक्ष र सचिव गरी ६० जना विद्युत् व्यवसायी, महासंघका १९ जनाको कार्यसमिति तथा पर्यवेक्षकको समेत सहभागिता रहने आयोजकले जनाएकोे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर