विराटनगर, माघ १४/ टंकीसिनवारीमा रहेको मोरंग पब्लिक स्कूलको “खेलकुद उत्सब“ आज शुक्रबार सम्पन्न भएको छ ।
माघ ११ गतेदेखि सुरु भएको खेलकुद उत्सवमा दौड, चकलेट दौड क्यामवोर्ड, चेस, टेवल टेनिस र हाजिरी जवाफलायतका १५ खेलहरु समावेश गरीएको थियो । “खेल ( शान्ति, सदभाब तथा अनुसासनका लागि“ भन्ने मुल नाराको साथ आयोजित महोत्सबमा सबै तह र कक्षाका छात्र–छात्रा हरुको सहभागिता रहेको थियो ।
शैक्षिक शिक्षण–सिकाइलाई मात्र मुल्यांकन गर्ने संस्कार रहेको यस क्षेत्रमा नानीहरुको अतिरिक्त प्रतिभालाइ पनि मुल्यांकन गर्नु पर्छ भनि बार्षिक रुपमा बिद्यालयमा यस्तो कार्यक्रम हुने गरेको विद्यालयका सहायक प्रिन्सिपल मनोज खनालले बताए । उनले बिजेता खेलाडीहरुलाइ आउदै गरेको सरस्वति पूजामा आयोजना हुने बिशेष कार्यक्रममा ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने जमनकारी दिए ।