दुव्र्यवहार गरेको भन्दै शैलजा आचार्य पोलोटेक्निका विद्यार्थी आन्दोलित
पूर्वाञ्चल खबर
१४ माघ २०७३, शुक्रबार १७:२४
3
Shares
विराटनगर, १४ माघ / मोरङको शिसवनी जहदामा रहेको शैलजा आचार्य स्मृति पोलोटेक्निकमा अध्ययरत नर्सिङका विद्यार्थीहरुलाई कलेजका भाईस प्रिन्सिपल सुनिता राउतले अपशब्द प्रयोग गरि दुव्र्यवहार गरेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन् ।
कलेजको १५ औ वार्षिक उत्सवको अवसर पारेर आयोजना गरिएको स्पोर्टस सप्ताह अन्तर्गतको स्पोन्स रेस प्रतियोगिता खेलाउँदा पिसियल नर्सिङको तेस्रो वर्षमा अध्ययरत विद्यार्थीलाई अपशब्द बोल्दै दुव्र्यवहार गरेको भन्दै उनीहरु आन्दोलित भएका हुन ।
पिसियल नर्सिङमा अध्ययरत करिब १ सय ६० जना विद्यार्थीहरुले शुक्रबार बिहानभरी आन्दोलनमा उत्रिएका थिए । उनीरुले शुक्रबार हुने खेलकुद प्रतियोगितामा भाग नलिइ विराटनगरको मधुमारामा रहेको छात्राबासमा भेला भइ आन्दोलन गरेका थिए ।
विद्यार्थीहरुले अपशब्द प्रयोग गर्दै दुव्र्यहार गर्ने भाईस प्रिन्सिपलले माफी नमागेसम्म थप आन्दोलनको कार्यक्रम सार्वजानी गर्ने उनीहरुको भनाई छ । विद्यार्थीहरुले कलेजलाई २४ घण्टाको अल्पिमेटन दिएका छन् ।
यता कलेजका प्रिन्सिपल सन्तबहादुर अधिकारी कलेजको सामान्य विभाद भएको बताए । यो विषयमा भाईस प्रिन्सिपल र व्यवस्थापन बसेर चाँडै मिलाउने उनको भनाई छ ।