AArya
RUMPUM
animated ellipse animated ellipse

बुढानिलकण्ठ बोर्डिङ स्कूलमा सचेतनामुलक कार्यक्रम

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ माघ २०७३, शुक्रबार १७:१९
9
Shares
विराटनगर, माघ १४/विराटनगर ३ मा रहेको बुढानिलकण्ठ बोर्डिङ स्कूलमा अध्ययनरत विद्यार्थीलाई लागु औषध सम्बन्धी सचेतनामुलक कार्यक्रमको एक दिने अभिमुखीकरण सम्पन्न भएको छ ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्र तिनपैनी मोरङका अध्यक्ष, मीना जोशी, बुढानिलकण्ठ बोर्डिङका संस्थापक अध्यक्ष खगेन्द्र पाण्डे, प्रिन्सिपल मणिराज भट्टराई र ओरेक नेपालका प्रमुख मौषम राई लगायतले लागु औषध सम्बन्धी आफ्नो धारणा ब्यक्त गरैका थिए ।
कार्यक्रममा प्रमुख अतिथी जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्दिप भण्डारीले लागु औषधको परिभाषा, प्रकार, लागु औषध दुर्ब्यसनी, कानूनी ब्यवस्था, लागु औषधको सेवनबाट व्यक्ति, परिवार र समाजमा पर्ने असर, नियन्त्रणका उपाय, बाल बिवाह र सडक दुर्घटना संग सम्बन्धी प्रशिक्षण प्रदान गरेका थिए ।
प्रहरी उपरीक्षक भण्डारीले लागु औषध दुर्वेशन नियन्त्रण गर्न सबै मिलेर अघि बढ्नु पर्ने धारणा ब्यक्त गर्दै, मोरङ जिल्लालाई लागु औषध मुक्त गराउन जिल्लाभर लागु औषध नियन्त्रण कार्यदल २०७३ गठन गरी ग्रामीण भेग सम्म बिस्तार गरी लागु औषध सम्बन्धी सचेतना मुलक कार्यक्रमहरु संचालन गरि रहेको जानकारी गराए ।
कार्यक्रममा ८,९ र १० मा अध्ययनरत १ सय ५० जना छात्र छात्राहरुको सहभागी रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर