विराटनगर/ केरौनको भौंसावारीमा रहेको श्री माध्यामिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा रामबाबु राई निर्विरोध निर्वाचित भएका छन । अभिभावक भेलाबाट दुई जना शिक्षकसहित आठ जना सदस्य पदमा निर्वाचित भएका थिए ।
र्वाचित सदस्यहरु मध्येबाट अध्यक्ष निर्वाचित गर्नुपर्ने प्रावधान अनुसार रामबाबु राई निर्विरोध निर्वाचित भएका हुन । यसैगरी समितिको सदस्यहरुमा सदस्यहरु गंगाराम फुँयाल, जंगबहादुर बोहोरा, रामजि खड्का, गुल्टेन यादव, लक्ष्मी खनाल, खड्गकुमारी थापा, चन्द्रीदेवी धिमाल निर्वाचित भएका थिए ।
अघिल्लो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेको भन्दै अभिभावकले राईलाई नै पुन अध्यक्षमा निर्वाचित गर्नुपर्ने मत राखेका थिए । राई आगामी तीन वर्षकालागि अध्यक्षमा निर्वाचित भएका हुन । समितिमा प्रधानाध्यापक गंगाराम फुँयाल र शिक्षक जंगबहादुर बोहोरा सदस्यको रुपमा निर्वाचित भए ।