AArya
RUMPUM
animated ellipse animated ellipse

अमेरिकामा तूफान, १८ जनाको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० माघ २०७३, सोमबार १५:३३
3
Shares
वासिङ्टन, माघ १० /अमेरिकाको दक्षिणी राज्यहरुमा शनिबार र आइतबार तूफान आउँदा १८ जनाको मृत्यु भएको छ।
साथै केही भौतिक संरचनामा पनि क्षति पुगेको छ। मिसिसिपी, अलाबामा, फ्लोरिडा र जर्जिया राज्यमा तूफानले बढी प्रभाव पारेको अधिकारीहरुले जनाएका छन् । १४ जनाको जर्जियामा र चार जनाको मिसिसिपीमा मृत्यु भएको पनि उनीहरुले बताएका छन् ।
जर्जियाका गभर्नर नथान डेअलले दक्षिणी जर्जियामा आइतबार सङ्कटकाल घोषणा गरेका छन्।  सङ्कटकाल व्यवस्थापन निकायका प्रवक्ता काथेरिन हाउडेनले जीवितलाई खोजी तथा उद्धारका लागि तालिम प्राप्त कुकुरहरु परिचालन गरिएको जानकारी दिए।  अमेरिकाको राष्ट्रिय जलवायु तथा मौसम सेवाले फेरि पनि फ्लोरिडा र दक्षिण जर्जियामा तूफान आउन सक्ने चेतावनी दिएको छ। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर