AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरको धुलोबाट बचाउन माक्स वितरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ माघ २०७३, आईतवार १६:३४
3
Shares
प्रेम देवान
९ माघ, विराटनगर / विराटनगरमा दिन प्रतिदिन बढ्दै गएको धुलोबाट बचाउनकालागि एक हजार भन्दा बढी माक्स वितरण गरिएको छ ।
सामाजिक क्षेत्रमा काम गर्दै आएको संस्था पाईला परिवर्तनका लागी ( let’s change )ले आईतबार विराटनगरको विभिन्न स्थानमा बसेर १२ सय पिस माक्स वितरण गरेको हो ।
विराटनगरको सडक फराकिलो बनाउन हाल निर्माण भईरहेको विभिन्न स्थानमा धेरै मात्रमा धुलो निस्कने र त्यसबाट आम सर्वसाधरणलाई सचेत गराउनका साथै धुलोबाट कुनै पनि किसीमको संक्रमण नलागोस भनेर वितरण गरिएको सो सस्थाका संयोजक प्रकास सुब्बाले जानकारी दिए ।
विराटनगरको महेन्द्र चोक , ट्राफिक चोक र नोबेल अस्पताल अगाडी बसेर वितरण गरिएको संयोजक सुब्बाले बताए । सस्थामा आवद्ध दुई दर्जन भन्दा बढी सदस्यहरुले सिटी , रिक्सा चालक, टेम्पो चालक र सर्वसाधरणलाई वितरण गरेका थिए । साथै सो संस्थाले विराटनगर उप– महानगरपालीका, वेष्ट मेनेजमेन्ट र सयुक्त टोल नगर समन्वय समितीसंग मिलेर हरेक हप्ताको शनिबार वातावरणीय सचेतना तथा विशेष सरसफाई अभियान गरिहेको पाईला परिवर्तनका लागी सस्थाका सल्लाहकार ग्याल्जेन लामाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर