AArya
RUMPUM
animated ellipse animated ellipse

गोदावरीकोे विजयी शुरुवात

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ माघ २०७३, शुक्रबार १७:५५
3
Shares
७ माघ, विरराटनगर / विराटनगरमा आज देखि विष्णु माझि मेमोरियल २०—२० क्रिकेट प्रतियोगिता सुरु भएकोछ ।
जहदा क्रिकेट क्लब विराटनगरको आयोजनामा भएको उदघाटन खेलमा गोदावरी स्कूलले विजयी शुरुवात गरेको छ । गोदाबारीले कान्तीपुर स्कूललाई ५ विकेटले पराजित गरेको छ ।
टस जितेर व्याटिङ गरेको कान्तीपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २९ रनकनो योगफल तयार पारेको थियो । कान्तीपुरका लागि सुदिप ढुंगानाले ४३, सुजित चौधरिले ३१ र पप्पु पासवानले १२ रनको योगदान दिए । गोदावरिका अरुण यादव र विजय यादवले समान ३÷३ विकेट लिएकाछन् ।
जवाफमा १ सय ३० रनको विजय लक्ष्य पछ्याएको गोदावरीले १४ ओभर ५ विकेट गुमाई सो लक्ष्य पार गरेको थियो । गोदावरिका कृष्ण मण्डलले नट आउट ५२ र विजय यादवले १९ रन बनाएका थिए । कान्तीपुरका लागि यस थापाले ३ र गौरव ठाकुले २ विकेट लिए । खेलको म्यानअफ द म्याच गोदावरीका कृष्ण मण्डल घोषित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर