AArya
RUMPUM
animated ellipse animated ellipse

मर्मत नहुँदा स्थानीयबासी आन्दोलित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ माघ २०७३, बिहीबार १७:०३
3
Shares
६ माघ,सुनसरी/सुनसरीको पकलीस्थित कान्छी चौकदेखी चतरा जोड्ने सडक मर्मत नहुँदा धूलो उडेर समस्या भएको भन्दै स्थानीयबासी आन्दोलित भएका छन् ।
सडकको धूलो उडेर घरमा पसेर फोहोर हुनुका साथै स्वास्थ्यमा पनि असर पुगेको भन्दै आज स्थानीयबासीले सडकमा चक्काजाम गरेका छन् ।
कान्छी चौकदेखि बक्लौरी सडकखण्ड इटहरी उपमहानगरपालिकाको १८ र १९ नम्बर वडामा पर्दछ । तर धुलो व्यवस्थापनमा उपमहानगरपालिकालाई जानकारी गराएपनि चासो नदेखाएको भन्दै स्थानीयबासीले सडक नै जाम गरेका हुन् ।
सडक डिभिजन कार्यालयले सडक मर्मत गर्ने भन्दै बाटोको कालोपत्रे निकालेर अलपत्र छाडेपछि धूलो उडेर सडक आसपासका बस्तीमा असर पुगेको स्थानीयसबासीको भनाइ छ । पक्की बाटो भत्काएर कच्ची बनाएपछि सोही सडकबाट सबारी साधन चल्दा सडक र आसपासका बस्ति धुलाम्मे हुने गरेका छन् । सो बाटोबाट दैनिक चतरा र बराक्षेत्र जाने साना ठुला गरी दर्जनौं सबारीसाधन चल्ने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर