पूर्वाञ्चल खबर
५ माघ,विराटनगर/ विराटनगर तीनपैनी स्थीत जनता नमुना माध्यमिक विद्यालयमा लागेको ताला खुलेको छ ।
शिक्षक सरुवाको विषयलाई लिएर स्कुलमा कार्यरत शिक्षकहरुले प्राध्यानाध्यापक विजयकुमार रौनीयारको कार्यकक्षमा लगाएको ताला खुलेको हो । काज सरुवा भएका शिक्षक अभिमन्यू यादवलाई फिर्ता लैजाने सहमती भएपछि बुधवार शिक्षकहरुले रौनीयारको कार्यकक्षमा लगाएको ताला खोलेका हुन ।
]मंगलवार स्कुलका पूर्व अध्यक्ष, पूर्व शिक्षक, जिल्ला शिक्षा कार्यालयका प्रतिनिधी र स्थनीयबासीको उपस्थितीमा भएको छलफलपछि ताला खोल्ने सहमती भएको थियो ।