निर्वाचन नगराउने मनसायले सरकारले संशोधान विधेयक ल्याएको हो पोखरेल
पूर्वाञ्चल खबर
४ माघ २०७३, मंगलवार १६:२८
3
Shares
फाइल तस्वीर
४ माघ,विराटनगर / नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले स्थानीय तहको निर्वाचनका लागि प्रमुख दलहरुबीच सहमति आवश्यक रहेकोमा जोड दिएका छन् ।
विराटनगर विमानस्थलमा आज स्थानिय सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले निर्वाचनका लागि आवश्यक कानुन समेत निर्माण नभएको अवस्थामा निर्वाचनको मिति घोषणा गर्दैमा निर्वाचन हुन नसक्ने बताएका हुन् ।
संविधान संशोधन प्रस्तावको सम्बन्धमा पार्टीको पुरानै अडान कायम रहेको भन्दै महासचिव पोखरेलले निर्वाचन नगराउने मनसाय अनुसार सरकारले संशोधान विधेयक ल्याएको दाबी गरे । उनले संशोधन विधेयक फिर्ता लिनुपर्ने वा स्थगित गरी निर्वाचनका लागि आवश्यक कानुन निर्माणतर्फ अग्रसर हुनुपर्नेमा जोड दिए ।
नेकपा एमाले सरकारमा जान लालायित नरहेको भन्दै उनले संविधान निर्माणका बेलामा प्रमुख तीन दलबीच भएको एकता संविधान कार्यान्वयनका लागि पनि आबश्यक रहेकोमा जोड दिए ।