वाईसियद्धारा मन्त्री शर्मामाथि ढुंगा प्रहारको भर्सना
पूर्वाञ्चल खबर
१ माघ २०७३, शनिबार १५:५१
3
Shares
फाइल तस्वीर
१ माघ, विराटनगर/ सन्धीखर्कस्थित अर्घाखाँची महोत्सव उद्घाटन गर्न गएका उर्जामन्त्री जनार्दन शर्मा माथि भएको ढुगांमुडा प्रहारको वाईसियल नेपाल मोरङले घोर भर्सना गरेको छ ।
वाईसियल मोरङले शनिबार एक विज्ञाप्ती जारी गर्दै उज्यालो नेपालको अभियान्त तथा देशलाई नै लोडसेडिङ मुक्त बनाउने अभियानमा लागेका मन्त्री शर्मा माथि भएको ढुंगा प्रहारको भर्सना गरेको हो ।
मन्त्री माथिको नालायकपन हर्कत तत्काल नरोके प्रतिकारमा उत्रीने वाईसियल मोरङको इन्चार्ज इश्वरी आचार्यले हस्ताक्षर गरिएको विज्ञाप्तीमा उल्लेख गरिएको छ ।