AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सिमसाग फलाएर घर खर्च

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ पुष २०७३, शुक्रबार १९:३०
3
Shares
२९ पुस धनकुटा/ धनकुटाको भेडेटारस्थित सिम्सुवा गाउँका महिलाले लेउती र सिम्सुवा खोलाको अनुत्पादक बगरमा सिमसाग फलाएर घर खर्चको जोहो गर्न थालेका छन् ।
कोशि राजमार्गको धरान–मुलघाट खण्डमा पर्ने सिम्सुवा गाउँका २६ परिवारले खोलाको करिब ८० रोपनी जमिनमा सिमसाग खेति गरेका छन् । खोलाको बगर र जरुवा क्षेत्रबाट संकलन गरिएको सिमसाग सिम्सुवा र भेडेटारमा खुलेका होटलका साथै धरान र झापाको कृषि बजारसम्म पु¥याउने गरेको स्थानीयले बताएका छन् ।
रासायनिक मल र बिषादी रहित सिमसाग महिलाहरुले घरैबाट प्रतिमुठा ३० रुपैयाँमा बिक्रि गर्दै आएका छन् ।
बगरमा विना लगानी उत्पादित सिमसाग बेचेर यहाँका हरेक महिलाले महिनामा ७ देखि २० हजार रुपैयाँसम्म कमाउने गरेका छन् । जरुवा र खोलाको चिसोपानी बग्ने स्थानमा बाह्रैमहिना सिमसाग उत्पादन हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर