RUMPUM
animated ellipse animated ellipse

कियाचु उर्लाबारीमा पत्रकार शेर्मा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ पुष २०७३, शनिबार २०:१२
3
Shares
२३ पुस,उर्लाबारी /किराँत याक्थुङ चुम्लुङ नगर शाखा उर्लाबारीका अध्यक्षमा पत्रकार रूपेन्द्र शेर्मा निर्बिरोध निर्बाचित भएका छन् ।
आज शनिबार सम्पन्न तेस्रो अधिवेशनले शेर्मालाई अध्यक्ष पदमा निर्बिरोध निर्बाचित गरेको हो ।
शाखाका उपाध्यक्षमा पूर्ण सिङ्गक लिम्बु निर्बिरोध निर्बाचित भएका छन् । सिङ्गक न्यानो अभियान नेपालका संयोजक भएर समाजसेवामा क्रियाशिल छन् । शाखाकी सचिवमा बानु सुब्बा निर्बिरोध निर्बाचित भएकी छिन् । सुब्बा पनि राजनीतिक तथा सामाजिक क्षेत्रमा क्रियाशिल छिन् । शाखाकी सहसचिवमा दुर्गावती लिम्बु निर्बिरोध निर्बाचित भएकी छिन् । लिम्बु कुरुति अन्त्य समाज उर्लाबारीकी अध्यक्ष हुन् ।
त्यसैगरी शाखाकी कोषाध्यक्षमा जानुका फागो तथा सदस्यहरुमा अनिल फागो, नेत्ती फुङ्मा फागो, अञ्जु सम्बाहाम्फे, लोलिम पोमु, भरत हाङ्स्रुङ र रामकुमारी आङबुहाङ निर्बिरोध निर्बाचित भएका छन् । १७ सदस्यीय रहने उक्त शाखाका अन्य सदस्य बैठकले निर्णय गरी चयन गरिने नवनिर्बाचित अध्यक्ष शेर्माले जानकारी दिए ।
यसैबीच शाखाका नवनिर्बाचित अध्यक्ष शेर्माको अध्यक्षतामा शनिबारै बसेको पहिलो बैठकले किरात याक्थुङ चुम्लुङको अनलाइन पेज सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकले आइतबार पुरानो कार्य समिति र नयाँ कार्य समिति बीच सयुक्त बैठक बस्ने र पूरानो कार्य समितिलाई धन्यवाद दिने निर्णय गरिएको उपाध्यक्ष सिङ्गकले जानकारी दिए ।
यसअघि शाखाको पहिलो शत्रमा विमला पालुङ्वा हाङ्गामलाई सम्मान गरेको छ । उनी शाखाकी पूर्व उपाध्यक्ष हुन् । उनलाई कियाचु जिल्ला उपाध्यक्ष विवेक लिम्बुले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर