२३ पुस, धरान /धरान उपमहानगरपालिकाले लामो समयदेखि रोकिएको नयाँबसपार्क निर्माणका विषयमा आज जग्गादाता र स्थानीयबासीसँग छलफल गरेको छ ।
छलफलमा भाग लिंदै स्थानीयबासी तथा जग्गादाताहरुले बसपार्क निर्माणका लागि दिएको जग्गामा तत्कालिन नगरपाकिालको बस्ती विकाशको योजना ल्याएको भन्दै विरोध जनाएका छन् । उनीहरुले बस्ती विकाश योजनालाई खारेज गरि मनित्रपरिषदबाट बसपार्क निर्माण गर्ने निर्णय ल्याएपछि मात्रै बसपार्क निर्माणका लागि स्वीकृति दिने बताएका छन् ।
२०५८ सालमा बसपार्क निर्माणका लागि भनि दिएको जग्गामा तत्कालीन धरान नगरपालिकाले सुन्दरबस्ती विकाश गर्ने योजना अघि सारेपछि दाता र स्थानीयबासीले विरोध जनाउँदै आएका छन् । बसपार्क निर्माणका लागि १५ वर्ष अघि १ सय ७ जना स्थानीयबासीले तत्कालिन धरान नगरपालिकालाई १८ विघा जग्गा निःशुल्क दिएका थिए । नगरपालिकाले जग्गा उपलब्ध गराएपछि १२ कठ्ठा जग्गा बिक्रि गरि बसपार्कका लागि भौतिक संरचना निर्माण गर्ने योजना अघि सारिएको थियो । तर छलफल नै नगरि जग्गा बिक्रि वितरण गर्न थालेको भन्दै स्थानीयबासी आन्दोलित भएका थिए ।