AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सत्ता पक्ष संविधान समाप्त पार्न लागे- नेम्वाङ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ पुष २०७३, शुक्रबार २०:१६
3
Shares
फाइल तस्वीर
२२ पुस, विराटनगर / एमाले संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले नेपाली काग्रेस र माओवादी केन्द्र संविधान समाप्त पार्ने खेलमा लागेको आरोप लगाएका छन् ।
संविधान संशोधन गर्ने वहानामा मधेसी मोर्चासँग मिलेर सत्ता पक्षले संविधान समाप्त पार्ने खेलमा लागेको उनले आरोप लगाए ।
विराटनगर विमानस्थलमा आज शुक्रबार स्थानिय सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता नेम्वाङले संविधान संशोधनको औचित्य पुष्टि समेत गर्न नसक्नु र निर्वाचनको तयारीमा समेत नजुटनुले सत्तारुढ दलहरु नै संविधान नै समाप्त पार्ने खेलमा लागेको बताए । ७४ साल माघसम्म तीनै तहको निर्वाचन गनुपर्ने संवैधानिक बाध्यता भएपनि त्यसअनुरुप सरकार अगाडि नवढेको उनले आरोप लगाए ।
‘संविधान संशोधनका विषयमा छलफल गर्ने भन्दै संसद वैठक स्थगित गरिएको छ । तर, कांग्रेस र माओवादीले अहिलेसम्म कुनै छलफल समेत नहुनुलाई शंकाको घेरामा राख्न सकिन्छ, नेता नेम्वाङले भने ।
आगामी २४ गते संसदको अवरोध हट्ने तर, संविधान संशोधन विधेयक टेबल गरिएको खण्डमा खुलेर शशक्त प्रतिकार गर्ने उनले बताए । त्यस बेला जस्तो परिस्थिसत सृजना हुन्छ, त्यसको जवाफ उस्तै स्थितिमा दिने अवस्थामा हामी छौं, नेता नेम्वाङले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर